Joshua 10:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घाम अस्ताउँदा यहोशूले आज्ञा गरे र तिनका लाश झारेर अघि तिनीहरू लुकेका ओडारमा फ्याँकिदिए। ओडारको मुखमा ठूल्ठूला ढुङ्गाहरू राखिदिए र ती ढुङ्गाहरू अझैसम्म त्यहीँ छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सूर्यास्तको बेलामा यहोशूले आज्ञा गरे, र तिनीहरूले उनीहरूलाई रूखबाट झारेर उनीहरू लुकेका त्यही गुफामा फालिदिए, र गुफाको मुखमा ठूला-ठूला ढुङ्गाहरू राखिदिए, जो आजको दिनसम्म छँदैछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सूर्यास्तको समयमा यहोशूले आदेश दिए, र तिनीहरूले उनीहरूलाई खम्बाबाट झारे। अनि तिनीहरू लुकेर बसेका गुफामा फ्याँकिदिए। तिनीहरूले गुफाको मुखमा ठूला चट्टानहरू राखिदिए, जुन आजको दिनसम्म छँदैछ।
Nepali ERV (पवित्र बाइबल)
सूर्यास्तको समयमा यहोशूले उसका मानिसहरूलाई रूखहरूबाट मृत शरीरहरू तल झार्ने आदेश दिए। तिनीहरूले मृत शरीरहरू त्यही गुफामा फ्याँकि दिए जहाँ स्वंय राजाहरू लुकेका थिए अनि गुफालाई ठूला ढुङ्गाहरूले छोपेका थिए। ती ढुङ्गाहरू आजसम्म त्यहीं छन्।