Joshua 10:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस दिन यहोशूले हमला गरी मक्‍केदा र त्‍यसका राजालाई कब्‍जा गरे। सहरमा भएका हरेकलाई तिनले मारे, कोही जिउँदो छोडिएन। तिनले यरीहोका राजालाई गरेझैँ मक्‍केदाका राजालाई पनि गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्‍यही दिन यहोशूले मक्‍केदा कब्‍जा गरे, र त्‍यसलाई र त्‍यसका राजालाई समेत तरवारले नाश गरे। तिनले त्‍यसमा भएका सबै मानिसहरूलाई नाश गरे, र कसैलाई पनि बाँकी राखेनन्‌। तिनले यरीहोका राजालाई गरेजस्‍तै मक्‍केदाका राजालाई पनि गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन यहोशूले मक्‍केदा कब्जा गरे। तिनले सहर र त्यस देशका राजालाई तरवारद्वारा परास्त गरे। अनि त्यहाँ भएका हरेक मानिसहरूलाई पूर्ण रूपले नष्‍ट गरे। तिनले एक जनालाई पनि जीवित छोडेनन्। अनि तिनले यरीहोको राजालाई गरेजस्तै, मक्‍केदाको राजालाई पनि त्यस्तै गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसदिन यहोशूले मक्केदालाई परास्त गरे। यहोशूले त्यस शहरका राजा र प्रजा सबैलाई मारि दिए। त्यहाँ मानिसहरू कोही जीवित छाडिएन। यहोशूले यरीहोका राजा प्रति जे गरेका थिए त्यस्तै मक्कैदाका राजा प्रति गरे।