Joshua 10:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लडाइँ भएको दोस्रो दिन परमप्रभुले इस्राएलीहरूका हातमा लाकीश दिनुभयो। लिब्नामा झैँ तिनीहरूले कसैलाई छोडेनन् तर सहरमा पनि हरेकलाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले लाकीशलाई इस्राएलीहरूका हातमा सुम्पिदिनुभयो, र दोस्रो दिन तिनीहरूले त्यो कब्जा गरे, अनि त्यसलाई र त्यसमा भएका सबै मानिसहरूलाई तिनले लिब्नालाई गरेबमोजिम गरे, तरवारले उनीहरूलाई नाश गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले लाकीशलाई इस्राएलको हातमा सुम्पिदिनुभयो। अनि यहोशूले यस सहरलाई दोस्रो दिनमा कब्जा गरे। तिनले लिब्नालाई गरेजस्तै, त्यो सहर र त्यसमा भएका हरेकलाई तरवारले नष्ट गरे।
Nepali ERV (पवित्र बाइबल)
लाकीश शहर परास्त गर्न परमप्रभुले तिनीहरूलाई सहयोग गर्नु भयो। तिनीहरूले त्यस शहरलाई दोस्रो दिनमा परास्त गरे। इस्राएलीहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारिदिए जसरी तिनीहरूले लिब्नामा मारेका थिए।