Joshua 10:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशूले सारा देश आफ्ना अधिकारमा लिए। तिनले पहाडी देश, पूर्वका भिरालो भूमि र पश्चिमका पहाडका फेदीमा भएका र दक्षिणका सुक्खा इलाकाका राजाहरूलाई जिते। तिनले कसैलाई छोडेनन्, सबै जनालाई मारे। परमप्रभु इस्राएलका परमेश्वरले त्यही आज्ञा दिनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी यहोशूले सबै देश, अर्थात् पहाड़ी क्षेत्र, नेगेव भनिने दक्षिण देश, तराई र पहाड़ र त्यहाँका सबै राजाहरूलाई समेत परास्त गरे। तिनले एउटालाई पनि बाँकी राखेनन्। परमप्रभु इस्राएलका परमेश्वरको आज्ञाबमोजिम सास फेर्ने जति सबैलाई तिनले नाश पारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी यहोशूले पहाडी मुलुक, दक्षिणी भाग, पश्चिमी फेदी, पर्वतीय पाखाहरू र त्यहाँका सबै राजाहरू लगायत सम्पूर्ण इलाकालाई अधीनमा पारे। तिनले एउटैलाई पनि जीवित छोडेनन्। याहवेह इस्राएलका परमेश्वरले आज्ञा गर्नुभएझैँ, तिनले सास हुने सबैलाई पूर्ण रूपमा नाश गरे।
Nepali ERV (पवित्र बाइबल)
यसरी यहोशूले पहाडी देश, नेगेब, पश्चिमी तराई, अनि पूर्वी तराईका शहरका सबै राजाहरूलाई परास्त गरे। परमप्रभु इस्राएलका परमेश्वरले यहोशूलाई सबै मानिसहरूलाई मारिदिनु भन्नु भएको थियो। यसर्थ यहोशूले ती स्थानहरूमा कसैलाई पनि जीवित छाडेनन्।