Joshua 10:42 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकै धावामा यहोशूले ती सबै राजा र तिनका देशहरू आफ्ना अधिकारमा लिए किनभने परमप्रभु इस्राएलका परमेश्वर तिनीहरूका पक्षमा लडाइँ गर्दै हुनुहुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सब राजाहरूलाई उनीहरूका देशहरूसमेत यहोशूले एउटै धावामा जिते, किनभने परमप्रभु इस्राएलका परमेश्वरले नै इस्राएलीहरूका निम्ति युद्ध गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै राजाहरू र तिनीहरूका देशहरूलाई यहोशूले एकै पटकमा जिते। किनकि याहवेह इस्राएलका परमेश्वरले नै इस्राएलको निम्ति युद्ध गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
यहोशूले ती सबै शहरहरू अनि तिनीहरूका राजाहरूलाई एकै चोटि अधीनमा लिए। यहोशूले यसो गरे किनभने, परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका निम्ति युद्ध गरिरहनु भएको थियो।