Joshua 11:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशूले यी सबै सहरहरू र तिनका राजाहरू कब्‍जा गरे अनि परमप्रभुका सेवक मोशाले आज्ञा गरेअनुसार हरेकलाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती राजकीय सहरहरू र तिनका सबै राजाहरूलाई समेत यहोशूले लिए, र परमप्रभुका दास मोशाले आज्ञा गरेबमोजिम सबैलाई तरवारले काटेर नाश पारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशूले सम्पूर्ण राजकीय सहरहरू र तिनीहरूका राजाहरूलाई कब्जा गरे। अनि तिनीहरूलाई तरवारले मारे। याहवेहका सेवक मोशाले आज्ञा गरेअनुसार यहोशूले तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गरे।
Nepali ERV (पवित्र बाइबल)
यहोशूले यी सबै शहरहरूलाई अधीनमा लिए। तिनले तिनीहरूका सबै राजाहरूलाई मारिदिए। यहोशूले ती शहरहरूमा भएका हरेक चीजहरू पूर्णरूपले नष्ट गरिदिए। तिनले परमप्रभुका दास मोशाले आज्ञा दिए अनुसार यसो गरे।