Joshua 11:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सहरहरूका सबै मूल्‍यवान् थोकहरू र गाई-वस्‍तु इस्राएलीहरूले लिए र आफ्‍नै निम्‍ति राखे। तर हरेक जनलाई तिनीहरूले मारे, कसैलाई जिउँदो छोडेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सहरहरूका सबै पशुहरू र धनमाल जति इस्राएलीहरूले आफ्‍नै निम्‍ति लिए। तर मानिसहरू जति सबैलाई तिनीहरूले तरवारले काटेर नाश पारे, सास फेर्ने कुनै प्राणी बाँकी राखेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले यस सहरहरूका सबै लुटका धनमाल र गाईबस्तु आफ्ना लागि लगे। तर सास फेर्ने एउटैलाई पनि जीवित नराखी सबै मानिसहरूलाई पूर्ण रूपमा तरवारले मारेर नष्‍ट पारे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले शहरमा भेट्टाएका सबै चीजहरू आफ्नै निम्ति राखे। तिनीहरूले सबै पशुहरू राखे जो तिनीहरूले शहरमा पाएका थिए। तर तिनीहरूले त्यहाँका सबै मानिसहरूलाई मारे। तिनीहरूले कुनै पनि मानिसलाई जीवित रहन दिएनन्।