Joshua 11:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्‍नो आज्ञा आफ्‍ना सेवक मोशालाई दिनुभयो, मोशाले सो आज्ञा यहोशूलाई दिए अनि यहोशूले तिनको पालन गरे। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको हरकुरा यहोशूले गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी परमप्रभुले आफ्‍ना दास मोशालाई आज्ञा गर्नुभएको थियो, त्‍यसरी मोशाले यहोशूलाई अह्राएका थिए, र यहोशूले सबै पालन गरे। परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाहरूमा कुनै पनि आज्ञा यहोशूले अपूरो राखेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले आफ्ना सेवक मोशालाई आज्ञा गर्नुभएजस्तै मोशाले यहोशूलाई आज्ञा दिएका थिए। अनि यहोशूले त्यही गरे; याहवेहले मोशालाई दिनुभएको आज्ञाहरू एउटै पनि अधुरो नछोडी तिनले सबै पूरा गरे।
Nepali ERV (पवित्र बाइबल)
धेरै अघि परमप्रभुले उहाँका दास मोशालाई यसो गर्ने आज्ञा दिनु भएको थियो। तब मोशाले यहोशूलाई यो गर्न आज्ञादिए। यहोशूले ती सबै कुराहरू गरे जो परमप्रभुले मोशालाई भन्नु भएको थियो। कुनै आदेशहरूमा तिनी शिथिल भएनन्। ङ्गा