Joshua 11:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[17-18] त्‍यो देश दक्षिणमा एदोमको नजिकको हालाक पहाडदेखि उत्तरमा हेर्मोन पहाडको दक्षिणमा भएका लेबनानको बेसीका बाल-गादसम्‍म फैलिएको थियो। यहोशू धेरै दिनसम्‍म यस इलाकामा राजाहरूसित लडे तर ती सबैलाई कब्‍जा गरे र मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सेइरको उकालोमा भएको हालाक नाउँको डाँड़ादेखि लिएर हेर्मोन डाँड़ामुनिको लेबनानको बेँसीमा बाल-गादसम्‍म जितेर लिए, र त्‍यहाँका सबै राजाहरूलाई पक्रेर मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेइरदेखि माथिको हालाक पर्वतदेखि हेर्मोन पर्वत मुन्तिरको लेबनानमा भएको बेँसीको बाल-गादसम्म तिनले तिनीहरूका सबै राजाहरूलाई पक्रे, र तिनीहरूलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
सेइरको नजिकको हालाक पर्वत देखि हेर्मोन पर्वतमुनिको लबानोन बेंसीको बाल-गादसम्मका सबै भूमि यहोशूको अधिकारमा थियो। यहोशूले त्यस देशका सबै राजाहरूलाई समातेर मारिदिए।