Joshua 11:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरूसित मिलाप गर्ने एकमात्र सहर गिबोन थियो, जहाँ केही हिव्वीहरू बस्थे। अरू सबैलाई इस्राएलीहरूले लडाइँमा जिते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूसँग मेल गर्ने गिबोन-निवासी हिव्वीहरूबाहेक अरू कुनै सहरले तिनीहरूसँग सम्झौता गरेनन्, सबै सहर तिनीहरूले युद्धद्वारा लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिबोनमा बस्ने हिव्वीहरूबाहेक एउटै पनि सहरले इस्राएलसँग शान्तिको सम्झौता गरेनन्। तर इस्राएलीहरूले तिनीहरू सबैलाई लडाइँमा जिते।
Nepali ERV (पवित्र बाइबल)
देश भरिमा एउटा शहरले मात्र इस्राएलसित शान्ति-सम्झौता गर्यो। त्यो हिव्वीहरूको शहर गिबोन थियो। अरू सबै शहरहरू युद्ध जितेर लिएका हुन।