Joshua 11:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूमाथि सम्पूर्ण विनाश हुने सजाय परोस् र तिनीहरू कृपा नपाईकन मारिऊन् भनी परमप्रभुले तिनीहरूका मनमा इस्राएलीहरूसित लडाइँ गर्ने सङ्कल्प भरिदिनुभएको थियो र मोशालाई यहीअनुसार आज्ञा दिनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको उद्देश्य थियो, उनीहरू सबै इस्राएलको विरुद्धमा लड्न आऊन् र सबै दयाविना नाश भई मरून्, जस्तो परमप्रभुले मोशालाई आदेश गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेह आफैँले इस्राएलसँग युद्ध गर्न तिनीहरूको हृदय कठोर तुल्याइदिनुभयो, ताकि याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलले तिनीहरूलाई निर्दयतासाथ पूर्ण रूपले नाश गरोस्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले चाहनु हुन्थ्यो कि ती मानिसहरूले सोचुन् कि तिनीहरू शक्तिशाली थिए। तब तिनीहरू इस्राएलको विरूद्ध लडाइँ गर्नेछन्। यस प्रकारले उहाँले तिनीहरूलाई बिना दया नष्ट गर्न सक्नु हुनेछ। उनले तिनीहरूलाई त्यस प्रकारले नष्ट गर्न सक्नेछन्, जुन प्रकारले परमप्रभुले मोशालाई गर्नु भनी आज्ञा दिनु भएको थियो।