Joshua 11:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यही समयमा यहोशूले गएर अनाकी भनिने दैँत्यहरूजस्ताका वंशलाई नाश पारे। ती दैँत्यहरूजस्ता पहाडी देशमा, हेब्रोन, दबीर, अनाब र यहूदा र इस्राएलका सारा पहाडी इलाकामा बस्थे। यहोशूले तिनीहरू र तिनका सहरहरू पूरा ध्वंस पारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बखत यहोशूले पहाड़ी देशमा आएर हेब्रोन, दबीर, अनाब, र यहूदा र इस्राएलका सारा पहाड़ी देशमा रहने अनाकीहरूलाई बिलकुलै नाश गरिदिए— यहोशूले उनीहरूका सहरहरूसमेत उनीहरूलाई पूर्ण रूपले नाश पारिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला यहोशूले गएर अनाकीहरूलाई पहाडी मुलुकको हेब्रोन, दबीर र अनाब, यहूदाको पहाडी मुलुक अनि इस्राएलका सम्पूर्ण पहाडी मुलुकबाट नष्ट गरे। यहोशूले तिनीहरू र तिनीहरूका सहरहरूलाई पूर्ण रूपले नष्ट गरे।
Nepali ERV (पवित्र बाइबल)
अनाकी मानिसहरू हेब्रोन, दबीर, अनाब, यहूदा र इस्राएलका सारा पहाडी देशमा बस्थे। यहोशू तिनीहरू विरूद्ध लडे अनि ती सबै मानिसहरू र तिनीहरूका शहरहरूलाई पूर्ण रूपले नष्ट गरि दिए।