Joshua 11:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार यहोशूले सारा देश अधीन गरे। यहोशूले त्यो देश आफ्नो देश बनाउनको निम्ति इस्राएलीहरूलाई दिए र हरेक कुलको लागि एक-एक हिस्सा गरी बाँडिदिए। अनि मानिसहरूले लडाइँबाट बिश्राम लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी परमप्रभुले मोशालाई भन्नुभएअनुसार नै यहोशूले सबै देश जितेर लिए, र तिनीहरूका कुलअनुसार भाग-भाग गरी त्यो देश इस्राएलीहरूलाई अधिकारको निम्ति बाँड़ेर दिए। अनि देशले लड़ाइँबाट विश्राम पायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी याहवेहले मोशालाई निर्देशन दिनुभएझैँ यहोशूले सम्पूर्ण देश कब्जामा लिए। अनि त्यस देशलाई इस्राएलीहरूका कुलको दलअनुसार पैतृक सम्पत्तिको रूपमा तिनीहरूलाई दिए। त्यसपछि देशले युद्धबाट विश्राम पायो।
Nepali ERV (पवित्र बाइबल)
यहोशूले इस्राएलको सम्पूर्ण भूमिलाई परमप्रभुले मोशालाई धेरै अघि भन्नु भए कै तरीकामा आफ्नो अधिकारमा लिए। अनि यहोशूले इस्राएलका कुल समूहहरूमा ती भूमिहरू विभाजन गरे। आखिरमा, युद्ध अन्त भयो अनि त्यो भूमिमा शान्ति कायम भयो।