Joshua 11:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले यर्दनका दुवैपट्टि बास गर्ने कनानीहरू, एमोरी, हित्ती, परिज्जी, पहाडी देशमा बास गर्ने यबूसी र मिस्पा देशको हेर्मोन पहाडका फेदीमा बास गर्ने हिव्वीहरूलाई पनि खबर पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूर्व र पश्चिम दुवैतिर बस्ने कनानी, पहाड़ी देशका एमोरी, हित्ती, परिज्जीहरू, यबूसीहरू र मिस्पा देशको हेर्मोन पहाड़मुनि बस्ने हिव्वीहरूलाई बोलाइपठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पूर्व र पश्चिममा कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्जीहरू र पहाडी मुलुकका यबूसीहरू, र मिस्पा इलाकामा हेर्मोनको मुन्तिरका हिव्वीहरूलाई खबर पठाए।
Nepali ERV (पवित्र बाइबल)
याबीनले त्यो सन्देश पूर्वमा पनि पश्चिममा भएका कनानी राजाहरूलाई त्यो संन्देश पठाए। तिनले एमोरी, हित्ती, परिज्जी अनि पहाड देशमा बस्ने यबूसी मानिसहरूलाई पनि संन्देश पठाए। तिनले मिस्पा नजिकको हेर्मोन पर्वत मुनि बस्ने हिव्वी मानिसहरूलाई पनि संन्देश पठाए।