Joshua 11:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशूले तिनीहरूसित परमप्रभुको आज्ञाअनुसार गरे, तिनका घोडाहरूलाई खोरण्डे पारे र रथहरू जलाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले आज्ञा गर्नुभएबमोजिम यहोशूले उनीहरूलाई गरे। तिनले उनीहरूका घोड़ाहरूका ढोड़नसा काटे, र उनीहरूका रथहरू आगोमा जलाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले निर्देशन दिनुभएअनुसार यहोशूले त्यसै गरे। तिनले तिनीहरूका घोडाहरूका ढोडनसा काटिदिए, र तिनीहरूका रथहरू जलाइदिए।
Nepali ERV (पवित्र बाइबल)
यहोशूले त्यही गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। यहोशूले तिनीहरूका घोडाका खुट्टाकाटि दिए र तिनीहरूका रथहरू जलाइदिए।