Joshua 12:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यर्दनको पूर्वमा भएको देश, अर्नोनको बेसीदेखि यर्दनको बेसी र उत्तरमा हेर्मोन पहाडसम्‍म, इस्राएलीहरूले जितेर आफ्‍ना अधीनमा लिएका थिए। तिनीहरूले दुई जना राजालाई जितेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूले यर्दन पारि पूर्वमा अर्नोन बेँसीदेखि हेर्मोन डाँड़ासम्‍म, र अराबाको पूर्वपट्टिको जम्‍मै क्षेत्र जितेर कब्‍जा गरेका देश, र तिनीहरूले मारेका ती देशका राजाहरू यी नै हुन्‌:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी तिनै राजाहरू हुन्, जो यर्दनको अराबाको पूर्वमा थिए, जसलाई इस्राएलीहरूले जिते, र तिनीहरूको देश कब्जा गरे। तिनीहरूको भूभागको सिमाना अर्नोन घाटीदेखि हेर्मोन पर्वतसम्म, र सम्पूर्ण भूमि समावेश थियो:
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले यर्दन नदीको पूर्वतफर्का भूमिमा अधिकार गरेका थिए। अर्नोनको बेंसी देखि हेर्मोन पर्वतसम्म अनि यर्दनको बेंसी तफर्का पूर्व तिरका सम्पूर्ण भूमि तिनीहरूका थिए। यो भूमि लिनका निम्ति इस्राएलका मानिसहरूले परास्त गरेका सबै राजाहरू यस प्रकार छन्;