Joshua 12:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जना हेश्‍बोनमा राज गर्ने एमोरी राजा सीहोन थिए। तिनको राज्‍यमा आधा गिलाद पर्थ्‍यो, त्‍यसको सिमाना अरोएर (अर्नोन बेसीका किनारमा) र बेसीको माझमा भएको सहरदेखि अम्‍मोनका सिमानामा भएको यब्‍बोक नदीसम्‍म पर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेश्‍बोनवासी एमोरीहरूका राजा सीहोन, जसले अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि, बेँसीको माझदेखि आधा गिलाद र अम्‍मोनीहरूका सिमानाको यब्‍बोक नदीसम्‍मै,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एमोरीहरूका राजा सीहोन, जसले हेश्बोनमा राज्य गर्थे। तिनले अर्नोन घाटीमा अवस्थित अरोएरदेखि—बीचमा भएको सहरदेखि अम्मोनीहरूको सिमानामा भएको यब्बोक नदीसम्म शासन गर्थे। त्यसमा गिलादको आधा भाग पनि पर्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले हेशबोन शहरमा बस्ने एमोरी राजा सीहोनलाई परास्त गरे। तिनले अरोएर क्षेत्रदेखि अर्नोन कन्दराको बीच हुँदै अनि गिलादको आधा हुँदै यब्बोक कन्दरासम्म जुन चाहि तिनीहरूको अमोरीहरूसित सीमाना थियो, शासन गर्थे।