Joshua 12:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका राज्यभित्र हेर्मोन पहाड, सलका, गशूरी र माकातीका सिमानासम्मको सारा बाशान र हेश्बोनको राजा सीहोन देशका छेउसम्मको आधा गिलाद पर्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले हेर्मोन डाँड़ा, सलका र सारा बाशानमा गशूरीहरू र माकातीहरूको सिमानासम्म र हेश्बोनका राजा सीहोनको सिमानासम्म र आधा गिलादमा राज्य गर्दथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले हेर्मोन पर्वत, सलेका र सारा बाशानमा गेशूरीहरू र माकातीहरूको सिमानासम्म, अनि हेश्बोनका राजा सीहोनको सिमानासम्म र गिलादको आधा भागसम्म शासन गर्थे।
Nepali ERV (पवित्र बाइबल)
ओगले हेर्मोन पर्वत, सलका अनि बाशानका समूर्ण क्षेत्रमा शान गरे। तिनको भूमिको सीमाना त्यहाँ अन्त हुन्थ्यो जहाँ गशूर अनि माका ती मानिसहरू बस्दथे। ओगले गिलादका आधा भूमिमा पनि शासन गरे। यो भूमि हेश्बोनका राजा सीहोनको इलाकाको सीमानासम्म थियो।