Joshua 12:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी दुई राजाहरूलाई मोशा र इस्राएलका मानिसहरूले जिते। परमप्रभुका सेवक मोशाले तिनीहरूका देश रूबेन र गाद कुल र मनश्‍शेका आधा कुललाई आफ्‍ना सम्‍पत्ति बनाउन दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका दास मोशा र इस्राएलीहरूले उनीहरूलाई जिते। परमप्रभुका दास मोशाले रूबेनीहरूलाई, गादीहरूलाई र मनश्‍शेको आधा कुललाई अधिकारको निम्‍ति त्‍यो दिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहका सेवक मोशा र इस्राएलीहरूले तिनीहरूलाई जिते। अनि याहवेहका सेवक मोशाले ती राजाहरूका देश; रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई तिनीहरूको पैतृक सम्पत्तिको रूपमा दिए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुका दास मोशा अनि इस्राएलका मानिसहरूले यी सबै राजाहरूलाई परास्त गरे। अनि मोशाले त्यो भूमि रूबेनका कुल समूह, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहलाई दिए। मोशाले तिनीहरूलाई त्यो भूमि तिनीहरूको आफ्नै नाउँमा गरिदिए।