Joshua 12:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यर्दनको पश्‍चिमपट्टि पर्ने लेबनानको बेसीको बाल-गाददेखि लिएर दक्षिणमा एदोमको छेउ, हालाक पहाडसम्‍मका सबै राजाहरूलाई यहोशू र इस्राएलका मानिसहरूले जितेका थिए। त्‍यो देश यहोशूले इस्राएलका कुलहरूबीच बन्डा गरिदिए र तिनीहरूले सधैँको लागि आफ्‍ना सम्‍पत्ति बनाऊन् भनी दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पश्‍चिम यर्दन वारि लेबनानका बेँसीको बाल-गाददेखि सेइरको उकालोमा भएको हालाक डाँड़ासम्‍मको देशका जुन-जुन राजाहरूलाई यहोशू र इस्राएलीहरूले जितेका थिए, र यहोशूले जुन-जुन देश इस्राएलका कुललाई तिनीहरूका भाग-भागअनुसार अधिकारको निम्‍ति दिएका थिए, ती यी नै हुन्‌—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशू र इस्राएलीहरूले यर्दनको पश्‍चिमपट्टि लेबनानको बेँसीमा भएको बाल-गाददेखि सेइरको उकालोतिर जाने हालाक पर्वतसम्म जितेका राजाहरू यिनै हुन्। तिनीहरूका देशहरू यहोशूले इस्राएलका कुलहरूलाई उत्तराधिकारको रूपमा तिनीहरूलाई दिए।
Nepali ERV (पवित्र बाइबल)
यहोशू अनि इस्राएलीहरूले यर्दन नदीको पश्चिमको भूमिहरूका राजाहरूलाई पराजित गरे। अनि यहोशूले यो मानिसहरूलाई दिए अनि यसलाई बाह्र कुल समूहमा विभाजित गरिदिए। यो भूमि उत्तरमा लेबनान बेंसीको बालगाददेखि दक्षिणमा पर्वत हालाकसम्म जुन (पूर्वतिर) सेईर (एदोम) तिर अघि बढ्दै विस्तारित थियो।