Joshua 12:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस भित्र पहाडी देश, पश्‍चिमका तराई, यर्दन बेसी र त्‍यसका तराई, पूर्वका भिरालो देश र नेगेव पर्दथे। यस देशमा हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरू घरबार गरी बसेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहाड़ी देश, तराई, अराबा, पहाड़, उजाड़-स्‍थान र नेगेव भनिने दक्षिण देश, अर्थात्‌ हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरू रहने देशहरू:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती भूमिहरू, पहाडी मुलुक, पश्‍चिमी फेदीहरू, अराबा, पर्वतीय भिरहरू, उजाडस्थान र दक्षिणी भागहरू हुन्। ती देशहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूका थिए: यी राजाहरू थिए:
Nepali ERV (पवित्र बाइबल)
यसमा पहाडी देश, पश्चिमी तराई, यर्दन बेंसी पूर्वी पर्वतहरू, मरूभूमि अनि नेगेब सम्मिलित थिए। यो भूमि त्यो थियो जहाँ हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी अनि यबूसी मानिसहरू बस्थे। यहाँ इस्राएलका मानिसहरूले परास्त गरेका राजाहरूको सूची छः