Joshua 13:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवी कुललाई मोशाले जमिन दिएका थिएनन्। परमप्रभुले मोशालाई भन्नुभएअनुसार परमप्रभु इस्राएलका परमेश्वरको वेदीमा चढाइएका बलिहरूको एक हिस्सा तिनीहरूले आफ्ना सम्पत्तिका रूपमा पाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर लेवीको कुललाई उनले कुनै अधिकारको भाग दिएनन्, किनभने परमप्रभु इस्राएलका परमेश्वरको निम्ति चढ़ाइएको अग्नि-होमचाहिँ उहाँकै वचनअनुसार तिनीहरूका अधिकारको भाग हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मोशाले लेवीको कुललाई चाहिँ कुनै उत्तराधिकारको भाग दिएनन्। किनकि याहवेह इस्राएलका परमेश्वरले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ, उहाँलाई चढाएका अन्नबलिहरू तिनीहरूको उत्तराधिकारको भाग थियो।
Nepali ERV (पवित्र बाइबल)
लेवी कुल समूह मात्र त्यो एक थियो। जसले कुनै भूमि प्राप्त गरेन। बद्लामा लेवीका मानिसहरूले ती सबै पशुहरू पाए जो आगोद्वारा परमप्रभु परमेश्वरलाई अर्पण गरिएका थिए। यो त्यही थियो जो परमप्रभुले तिनीहरूलाई भाकल गर्नु भएको थियो।