Joshua 13:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टारका सबै सहर अनि हेश्बोनमा राज गर्ने एमोरी राजा सीहोनका सारा राज्य पर्थे। मोशाले तिनलाई अनि मिद्यान, एवी, रेकेम, सूर, हूर र रेबाका राजाहरूलाई जिते। ती सबैले सीहोन राजाका अधिकारमुनि त्यस देशमा राज गर्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टारका सबै सहरहरू र हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनको सबै राज्य, जसलाई मोशाले मिद्यानका सरदारहरू, अर्थात् सीहोनसँग सन्धि गरेका त्यस देशमा बस्ने एवी, रेकेम, सूर, हूर र रेबाका साथसाथै मारेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पठारका सबै सहरहरू र हेश्बोनमा शासन गर्ने एमोरीहरूको राजा सीहोनका सबै राज्यहरू। मोशाले तिनलाई र मिद्यानका मुखियाहरू एवी, रेकेम, सूर, हूर र रेवा त्यस देशमा बस्ने राजकुमारहरू जो सीहोनसँग मिलेका थिए, तिनीहरूलाई जितेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यसरी त्यहाँका सबै भूमिमा अनि सबै क्षेत्रमा एमोरी मानिसहरूका राजा सीहोनले शासन गर्थे, सम्मिलित थिए। ती राजाले हेश्बोनमा शासन गर्थे। तर मोशाले तिनलाई अनि मिद्यानका अगुवाहरूलाई परास्त गरेका थिए। ती अगुवाहरू एवी, रेकेम, सूर, हूर अनि रेबा थिए। (यी सबै अगुवाहरू एक साथ सीहोन विरूद्ध लडेका थिए।) यी सबै अगुवाहरू त्यस देशमा बस्थे।