Joshua 13:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रूबेन कुलको पश्‍चिमको सिमानामा यर्दन पर्थ्‍यो। रूबेन कुलका परिवारहरूलाई तिनका सम्‍पत्ति बनाउन दिइएका ठूला र साना सहरहरू यिनै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रूबेनीहरूको सिमाना यर्दनको किनार भएको थियो। रूबेनीहरूका अधिकारको भाग तिनीहरूका वंश-वंशअनुसार सहरहरू र गाउँहरू यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रूबेनीहरूको सिमाना यर्दन नदीको किनार थियो। यी सहरहरू र गाउँहरूचाहिँ रूबेनीहरूका वंशअनुसार उत्तराधिकारको भाग थियो।
Nepali ERV (पवित्र बाइबल)
जो भूमि रूबेनलाई दिइएको थियो त्यो यर्दन नदीको किनारमा टुङ्गिइन्थ्यो। यसर्थ रूबेनलाई दिइएको भूमिमा यी सबै शहरहरू र सूचीमा भएका तिनीहरूका खेतहरू सम्मिलित थिए।