Joshua 13:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र दक्षिणमा अव्‍वीहरूको देश। (मिश्री सिमानामा भएको शिहोर खोलादेखि उत्तरमा एक्रोनसम्‍म कनानी देश मानिन्‍थ्‍यो। पलिश्‍तीहरूका राजाहरू गाजा, अश्‍दोद, अश्‍कलोन, गात र एक्रोनमा बास गर्थे।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रदेशका पूर्वपट्टिको शिहोर नदीदेखि लिएर उत्तरतिरका एक्रोनको सिमानासम्‍म— यी सबै कनानीको भागमा गनिएका छन्, (पलिश्‍तीहरूका पाँच प्रान्‍त, गाजा, अश्‍दोद, अश्‍कलोन, गात र एक्रोनका सरदारहरू, र दक्षिणतिरका अव्‍वीहरूका पनि),
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टको पूर्वमा पर्ने शीहोर नदीदेखि उत्तरमा पर्ने एक्रोनका इलाकासम्म। यी इलाकाहरू कनानीहरूको भागमा गनिन्छ। यद्यपि त्यहाँ पाँच पलिश्ती शासकहरूले गाजा, अश्दोद, अश्कलोन, गित्ती र एक्रोनमा शासन गर्छन्। अनि अव्वीहरूको इलाका
Nepali ERV (पवित्र बाइबल)
भूमि मिश्रको शिहोर नदीदेखि लिएर एक्रोनको सम्म अनि उत्तरतिरको भूमि सम्म छ। भूमि अझ्झै पनि कनानी मानिसहरूद्वारा अधिकार भइरहेको छ। पलिश्तीहरूको पाँच अगुवाहरू गाजी, अश्दोदी, अश्कलोनी, गात अनि एक्रोनलाई नष्ट भएको छैन, न ता अव्वी मानिसहरूलाई,