Joshua 13:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका इलाका महनोमसम्म फैलिएको थियो र त्यसभित्र सारा बाशान अथवा बाशानका राजा ओगका पूरा राज्य र बाशानको याईरमा भएका साठी वटा गाउँहरू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको सिमाना थियो: महनोमदेखि बाशानसम्म, बाशानका राजा ओगको सम्पूर्ण राज्य— बाशानमा भएको याईरका सबै बस्तीहरू, जम्मै साठी सहर,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
महनाइमदेखि बाशानको समस्त इलाकासम्म फैलिएको, बाशानका राजा ओगका समस्त राज्य, बाशानमा भएका याईरका सबै गाउँहरू, साठी वटा सहरहरू,
Nepali ERV (पवित्र बाइबल)
त्यो भूमि महनोमबाट शुरू भएको थियो। त्यो भूमिमा सम्पूर्ण बाशान सम्मा, र बाशानका राजा ओगले शासन गरेका सम्पूर्ण भूमि, बाशान र याईरका सबै शहरहरू सम्मिलित थिए। त्यहाँ जम्मा साट्ठीवटा शहरहरू थिए।