Joshua 13:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आधा गिलाद र ओग राजाको बाशान राज्‍यका दुई ठूला सहरहरू, अस्‍तारोत र एद्रई पर्दथे। यी सबै मनश्‍शेको छोरो माकीरका सन्‍तानका आधाजसो परिवारहरूलाई दिइएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र गिलादको आधा भाग, अस्‍तारोत र एद्रई (बाशानमा ओगका राजकीय सहरहरू)। यी सबै मनश्‍शेका छोरा माकीरका सन्‍तानका निम्‍ति, अर्थात्‌ माकीरका आधा सन्‍तानका निम्‍ति तिनीहरूका वंश-वंशअनुसार दिइएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिलादको आधा भाग र अस्तारोत र एद्रई (बाशानमा ओगका राजकीय सहरहरू)। योचाहिँ मनश्शेको छोरा माकीरका सन्तानहरूका लागि थियो। माकीरका छोराहरूलाई तिनीहरूका वंशअनुसार आधालाई दिइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो भूमिमा गिलादको आधा, अश्तारोत अनि एद्रेई-ओगको राजधानीवरिपरीका शहरहरू पनि सम्मिलित थिए। यी सबै भूमिहरू मनशशेका छोरा माकीरका कुललाई दिए। ती छोराहरू मध्ये आधाले यो भूमि प्राप्त गरे।