Joshua 13:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर लेवी कुलको निम्ति मोशाले कुनै जमिन छुट्ट्याइदिएनन्। उनले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरलाई चढाएका भेटीहरूको एक भाग तिमीहरूको सम्पत्ति हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर लेवीको कुललाई मोशाले कुनै अधिकारको भाग दिएनन्। इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार उहाँ नै तिनीहरूका अधिकारको भाग हुनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर लेवीको कुललाई चाहिँ मोशाले कुनै उत्तराधिकारको भाग दिएका थिएनन्। तिनले उनीहरूलाई प्रतिज्ञा गरेझैँ, याहवेह इस्राएलका परमेश्वर नै तिनीहरूका उत्तराधिकारको भाग हुनुभयो।
Nepali ERV (पवित्र बाइबल)
मोशाले लेवी कुल समूहलाई कुनै पनि भूमि दिएनन्। परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नु भएको छ कि उहाँ स्वयं लेवी कुल समूहका निम्ति भेटूनु हुनेछ।