Joshua 13:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसभित्र लेबनानका पहाडहरू र मिस्रपोत-मैमका बीचका पहाडी इलाकामा बस्‍ने सीदोनीहरूको सारा देश पर्दछ। इस्राएलका मानिसहरू अघि बढिजाँदा यी सबै जातिहरूलाई म धपाउनेछु। मेरो आज्ञाअनुसार तैँले त्‍यो देश इस्राएलीहरूबीच बण्डा गरिदिनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अनि लेबनानदेखि मिस्रपोतमैमसम्‍मका पहाड़ी देशका सबै बासिन्‍दा, अर्थात्‌ सीदोनीहरू, यिनीहरू सबैलाई इस्राएलीहरूका सामुन्‍नेबाट म निकालिदिनेछु। तैंले यो देश इस्राएलीहरूलाई मैले अह्राएबमोजिम अधिकारको निम्‍ति बाँड़िदे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“लेबनानदेखि मिस्रापोत-मैमसम्मका पहाडी क्षेत्रका सबै बासिन्दाहरू अर्थात् सीदोनीहरू, तिनीहरूलाई म आफैँले इस्राएलीहरूको सामुबाट निकालिदिनेछु। मैले तँलाई निर्देशन दिएअनुसार निश्‍चित रूपमा यो देश इस्राएलीहरूका निम्ति उत्तराधिकारस्वरूप छुट्याउनू।
Nepali ERV (पवित्र बाइबल)
“सबै सीदोनी मानिसहरू, पनि जो लबानोनको पहाडी भूमिदेखि लिएर मिश्रपोत मैमसम्म बस्दछन्। म यी सबै मानिसहरूलाई इस्राएलीहरूका निम्ति भगाइदिनेछु। मैले आज्ञा गरे झैं भूमि तिनीहरूको उत्तराधिकार अनुसार इस्राएलीहरूको बीचमा बाँडिदेऊ।