Joshua 13:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रूबेन र गादका कुल र मनश्शेका आधा कुलले परमप्रभुको सेवक मोशाले दिएको देश पाइसकेका थिए, त्यो यर्दन नदीको पूर्वपट्टि थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएबमोजिम रूबेनीहरू र गादीहरू र मनश्शेको आधा कुलले पूर्व यर्दन पार मोशाले तिनीहरूलाई दिएका अधिकार पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहका सेवक मोशाले तिनीहरूलाई अगिबाटै तोकिदिएअनुसार मनश्शेको आधा कुल, रूबेनीहरू र गादीहरूले यर्दनको पूर्वपट्टिका प्रान्तहरू उत्तराधिकारको रूपमा पाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
रूबेन, गाद अनि मनश्शेका अर्को आधा कुल समूहहरूले सबै तिनीहरूका भूमि अधिनै लिइसकेका थिए। परमप्रभुका दास मोशाले तिनीहरूलाई यर्दन नदी पूर्वको भूमि दिए।