Joshua 13:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका इलाका अरोएर (अर्नोन बेसीका किनारमा) र अर्नोन बेसीका बीचमा भएको सहरसम्म फैलिएको थियो अनि मेदबा र दीबोन बीचका टार जम्मै त्यसभित्र पर्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको अधिकार थियो: अर्नोन खोलाको छेउमा भएको अरोएर र त्यही बेँसीका बीचको सहरदेखि मेदबाको सारा टार दीबोनसम्मै,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो अर्नोनको घाटीको किनारमा भएको अरोएरदेखि घाटीको बीचमा भएको सहरसम्म फैलिएको थियो। अनि यसमा दीबोनसम्मै मेदेबाको पठार पनि सामेल थियो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको भूमि आरोएर देखि शुरू भएर अर्नोनको बेंसी अनि बेंसीको बिचमा भएको शहर सम्म थियो। अनि त्यसमा मेदबा देखि दीबोन सम्मको सम्पूर्ण भूमि सम्मिलित थिए।