Joshua 14:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब लेखिएका कुरामा यर्दनको पश्‍चिममा रहेको कनान देश इस्राएलका मानिसहरूका बीचमा बाँडिएको वर्णन पाइन्‍छ। एलाजार पूजाहारी, नूनको छोरो यहोशू र इस्राएली कुलका परिवार-परिवारका अगुवाहरूले त्‍यो देश जनसाधारणका बीचमा बाँडिदिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलाजार पूजाहारी, नूनका छोरा यहोशू र इस्राएलका कुलनायकहरूले तिनीहरूलाई बाँड़िदिएअनुसार इस्राएलीहरूले कनान देशमा अधिकार गरेका यी नै ठाउँहरू हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलले कनान देशमा उत्तराधिकारको रूपमा पाएका इलाकाहरू यिनै हुन्, जसलाई पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका कुलका अगुवाहरूले तिनीहरूलाई बाँडिदिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका सबै कुल समूहका अगुवाहरूले कनानमा कुन चाहि भूमि मानिसहरूलाई दिने भनि निर्णय गरे।