Joshua 14:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अहिले हेर्नुहोस्, परमप्रभुले मोशालाई त्यसो भन्नुभएको पैँतालीस वर्ष भइसक्यो। त्यो बेला इस्राएलीहरू उजाड-स्थानका बीच नै घुमफिर गरिरहेका थिए। त्यसपछि आजसम्म परमप्रभुले आफ्नो प्रतिज्ञाअनुसार मलाई जिउँदै राख्नुभएको छ। मलाई हेर्नुहोस्! म पचासी वर्ष पुगिसकें
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब हेर्नुहोस्, इस्राएलीहरू उजाड़स्थानमा घुमफिर गर्दा परमप्रभुले मोशालाई यो कुरा भन्नुभएको बेलादेखि अहिले पैँतालीस वर्ष बितिसक्यो, र आफ्नो वचनअनुसार परमप्रभुले मलाई जीवितै राख्नुभएको छ। अब हेर्नुहोस्, म आज पचासी वर्षको भएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण जब इस्राएल उजाडस्थानमा भौँतारिँदै हिँडिरहेको बेला याहवेहले प्रतिज्ञा गर्नुभएझैँ, उहाँले यो कुरा मोशासँग भन्नुभएदेखि उसो उहाँले मलाई पैँतालीस वर्षसम्म जीवित राख्नुभएको छ। यसरी आजको दिन म पचासी वर्षको भएको छु!
Nepali ERV (पवित्र बाइबल)
“अहिले, परमप्रभुले भन्नु भए अनुसार पैंतालीस वर्ष सम्म उहाँले मलाई जीवित राख्नु भएको छ। त्यस समयमा हामी सबै मरूभूमिमा बिनाकाम घुमि-हिड्यौं। अहिले म पचासी वर्ष पुगें।