Joshua 14:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र अब मलाई त्यो पहाडी देश दिनुहोस्, जुन परमप्रभुले म र मेरा मानिसहरूले आफ्नो बयान दिएको दिन मलाई दिने प्रतिज्ञा गर्नुभएको थियो। हामीले त्यस बेला तपाईंहरूलाई भनेका थियौं कि अनाकी भनिने दैँत्यहरू जस्ता त्यहाँ ठूल्ठूला पर्खाल लाएका सहरहरूमा बस्दथे। हुन सक्छ परमप्रभु मसँग रहनुहुनेछ र उहाँको वचनअनुसार म तिनीहरूलाई धपाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण अब यो पहाड़ी देश मलाई दिनुहोस्, जसको बारेमा परमप्रभुले त्यस दिन भन्नुभएको थियो। त्यहाँ अनाकीहरू रहन्छन्, उनीहरूका ठूला-ठूला गढ़ भएका सहरहरू छन् भन्ने तपाईंले त्यस बेला सुन्नुभएकै थियो। परमप्रभुको सहायताद्वारा उहाँको वचनअनुसार म उनीहरूलाई धपाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब त्यस दिन याहवेहले मलाई प्रतिज्ञा गर्नुभएझैँ, यो पहाडी मुलुक मलाई दिनुहोस्। त्यहाँ अनाकीहरू बस्दछन्। अनि तिनीहरूका सहरहरू ठूला र सुरक्षित छन् भनी तपाईं आफैँले सुन्नुभएको छ। तर याहवेहको सहायताले म तिनीहरूलाई धपाइदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ अब मलाई त्यो पहाडी देश दिनुहोस् जो परमप्रभुले धेरै अघि मलाई वचन दिनु भएको थियो। त्यससमय तपाईंले सुन्नु भयो कि शक्तिशाली अनाकी मानिसहरू त्यहाँ बस्थे। अनि शहरहरू अत्यन्त ठूला र सुरक्षित थिए। तर अब, हुन सक्छ, परमप्रभु मेरो साथ हुनुहुन्छ अनि परमप्रभुले भन्नु भए झैं त्यो भूमि म लिने छु।”