Joshua 14:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार यर्दनको पश्‍चिममा रहेको देश बाँकी रहेका ती नौ र आधा कुलहरूका बीचमा गोला हालेर बाँडियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशाद्वारा ती साढ़े नौ कुलका निम्‍ति आज्ञा गर्नुभएबमोजिम चिट्ठा हालेर तिनीहरूका भाग बाँड़ियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशाद्वारा आज्ञा दिनुभएझैँ तिनीहरूका उत्तराधिकारको भाग चिट्ठा हालेर साढे नौ कुललाई बाँडिदिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले धेरै अघि त्यो तरिका मोशालाई आज्ञा गर्नु भएको थियो जुन तरिकाले उहाँ चाहनु हुन्थ्यो, कि मानिसहरूले आफ्ना भूमि छानुन्। साढे नौं कुल समूहका मानिसहरूले कुन भूमि कस-कसले पाउने सो निर्णय गर्नका निम्ति चिट्ठा लगाए।