Joshua 14:4 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने योसेफका छोराहरू नै, मनश्‍शे र एफ्राइमका दुई कुल थिए। लेवीहरूलाई बस्‍नलाई सहरहरू र तिनीहरूका बस्‍तुहरूलाई खर्कको निम्‍ति र मालसामानको निम्‍ति आसपासका जमिनबाहेक देशमा कुनै भाग दिइएको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि योसेफका सन्तानबाट मनश्शे र एफ्राइम दुई कुलहरू भएका थिए। त्यसैले लेवीहरूले देशको कुनै पनि भाग पाएनन्; तर बस्‍नलाई सहरहरू र तिनीहरूका बगाल अनि बथानका निम्ति खर्कहरू मात्र पाए।
Nepali ERV (पवित्र बाइबल)
ती बाह्र कुल समूहहरूलाई तिनीहरूकै भूमि पाए। यूसुफका छोराहरू दुइ कुल समूहमा विभाजन भएका थिए मनश्शे अनि एप्रैम। अनि प्रत्येक कुल समूहले केही भूमि प्राप्त गरे। तर लेवी कुल समूहका मानिसहरूलाई कुनै भूमि दिइएन। तिनीहरूलाई बस्नका निम्ति केवल केही शहरहरू दिए। अनि यी शहरहरू प्रत्येक कुल समूहका भूमिमा थिए। तिनीहरूलाई आफ्ना पशुहरू अनि खेतहरू पनि दिइयो।