Joshua 14:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन यहूदा कुलका केही मानिसहरू गिलगालमा यहोशूकहाँ आए। तिनका बीचबाट एक जना कनज्‍जी यपुन्‍नेको छोरो कालेबले उनलाई भने, “परमेश्‍वरका भक्त जन मोशालाई परमप्रभुले कादेश-बर्नेमा म र तपाईंबारे के भन्‍नुभयो, सो तपाईं जान्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहूदाका मानिसहरू गिलगालमा यहोशूकहाँ आए, र कनज्‍जी यपुन्‍नेका छोरा कालेबले तिनलाई भने, “परमप्रभुले कादेश-बर्नेमा मेरो र तपाईंको बारेमा परमेश्‍वरका मानिस मोशालाई भन्‍नुभएको कुरा त तपाईंलाई थाहै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन यहूदाका मानिसहरूले यहोशूलाई गिलगालमा भेट गरे। अनि कनज्जी यपून्‍नेका छोरा कालेबले तिनलाई भने, “याहवेहले तपाईं र मेरो विषयमा परमेश्‍वरका जन मोशालाई कादेश-बर्नेमा भन्‍नुभएको कुरा तपाईंलाई थाहै छ।
Nepali ERV (पवित्र बाइबल)
एकदिन यहूदाका कुल समूहबाट केही मानिसहरू गिलगालमा यहोशूकहाँ गए। ती मानिसहरू मध्ये एकजना कनज्जी-यपुन्नेका छोरा कालेब थिए। कालेबले यहोशूलाई भने, “परमप्रभुले कादेशबर्नेमा तपाईं र मेरो विषयमा उहाँको दास मोशालाई भन्नु भएका कुराहरू तपाईंलाई याद छ।