Joshua 14:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले त्‍यसो गरेको हुनाले मोशाले मलाई प्रतिज्ञा गरेका थिए कि मैले पाइला टेकेको देश निश्‍चय म र मेरा सन्‍तानले सम्‍पत्तिका रूपमा पाउनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसर्थ त्‍यसै दिन मोशाले शपथ खाएर मलाई यसो भने, ‘तिम्रा खुट्टाले जुन ठाउँमा टेकेर आएका छौ त्‍यो नि:सन्‍देह तिम्रो र तिम्रा सन्‍तानको अधिकारमा सदाको निम्‍ति हुनेछ, किनभने तिमी पूर्ण रूपले परमप्रभु मेरा परमेश्‍वरको पछि लागेका छौ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यस दिन मोशाले मसँग, ‘तेरा पाइलाले टेकेको देश सधैँको निम्ति तँ र तेरा सन्तानहरूका निम्ति उत्तराधिकारको भाग हुनेछ। किनकि तैँले याहवेह मेरो परमेश्‍वरलाई सम्पूर्ण हृदयले पछ्याएको छस् भनी शपथ खानुभएको थियो।’
Nepali ERV (पवित्र बाइबल)
यसकारण त्यसदिन मोशाले मसित एउटा प्रतिज्ञा गरे। तिनले भने, ‘त्यो भूमि जहाँ तिमी गयौ त्यो तिम्रो हुनेछ। तिम्रा छोरा-छोरीहरू सदाका निम्ति त्यो भूमिको मालिक हुनेछन्। म त्यो भूमि तिमीलाई दिनेछु। किनभने तिमीले साँच्चै नै परमप्रभु, मेरा परमेश्वर माथि विश्वास गरेका छौ।’