Joshua 15:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालाको पश्चिम भागको फेरो मारी सेइरको पहाडी भूमितिर लाग्थ्यो। त्यसपछि उत्तरतिर यारीम (अथवा कसालोन) पहाड पुगेर त्यो ओह्रालो बेथ-शेमेशतिर झर्थ्यो र तिम्ना नाघेर जान्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बालाबाट त्यो सिमाना सेइर पहाड़सम्म पश्चिमतिर मोड़िएर, यारीम डाँड़ाको (जसलाई कसालोन पनि भनिन्छ) उत्तर किनार भई बेथ-शेमेशसम्म झरेर तिम्नामा निस्केको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यो सिमाना बालाबाट पश्चिमतिर घुमेर सेइर पर्वतहुँदै, यारिम पर्वत (अर्थात्, कशालोन) को उत्तरतिर ओरालो गएर तिम्नासम्म पुगेको थियो।
Nepali ERV (पवित्र बाइबल)
बालामा त्यो सीमाना पश्चिम तर्फ घुमेको थियो। अनि सेईरको पहाडी देश तर्फ गएको थियो। त्यो सीमाना यारीम पर्वत (कसालोन)को उत्तरी छेउसम्म भएर तलतिर बेतशेमेश तिर फैलिएको थियो। त्यहाँ देखि त्यो सीमाना तिम्रामा पार गरेर गएको थियो।