Joshua 15:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँबाट सिमाना एक्रोनको उत्तरको डाँडामा पुग्‍थ्‍यो र त्‍यहाँ शिक्‍करोनतिर घुम्‍थ्‍यो अनि बाला नाघेर यब्‍नेलमा पुग्‍थ्‍यो। त्‍यो भूमध्‍य सागरमा पुगेर टुङ्गिन्‍थ्‍यो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो सिमाना फेरि एक्रोनको उत्तरतिर पुगेको थियो, र फेरि शिक्‍करोनमा पुगेर बाला डाँड़ा छिचलेर यब्‍नेलमा निस्‍की सो सिमाना समुद्रको किनारसम्‍म पुगेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो एक्रोनको उत्तरतिरको ओरालो गएर शिक्‍करोनतिर पुगेर बाला डाँडाबाट हुँदै यब्नेल पुगेको थियो। त्यो सिमाना महासागरमा समाप्‍त भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
सीमाना एक्रोनको उत्तरी पहाड भएर फैलिएको छ। त्यस सीमाना बाला पर्वत पार भएर शिक्करोन तिर सोझैं यब्नेल भएर भूमध्य सागरमा अन्त भएको थियो।