Joshua 15:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन त्यसको पश्चिम सिमाना थियो। यी सिमानाका बीच यहूदाका परिवारहरू बास गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पश्चिमी सिमानाचाहिँ महासमुद्रको किनार भइहाल्यो। यहूदाका सन्तानका तिनीहरूका वंशअनुसार चारैतिरको सिमाना यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पश्चिमी सिमाना महासागरको किनार थियो। यहूदाका मानिसहरू तिनीहरूका वंशअनुसार चारैतिरका सिमानाहरू यिनै हुन्।
Nepali ERV (पवित्र बाइबल)
भूमध्य सागर यहूदको भूमिको पश्चिमी सीमाना थियो। यसरी यहूदाको भूमि यी चार सीमानाहरू भित्र थियो। यहूदाका कुलहरू यो क्षेत्रमा बस्थे।