Joshua 15:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहेको दिन ओत्‍निएलले आफ्‍नी स्‍वास्‍नीलाई बुबासित एउटा खेत माग्‍न लाए। त्‍यो आफू सवार भएको गधाबाट उत्री अनि कालेबले तँ के माग्‍छेस् भनी सोधे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक दिन अक्‍सा ओत्‍निएलकहाँ गएको समयमा तिनले आफ्‍ना बुबासँग एउटा जग्‍गा माग्‍नलाई उनलाई सुर्‍याइन्‌। जब अक्‍सा आफ्‍नो गधाबाट ओर्लिन्‌ तब कालेबले तिनलाई भने, “तँलाई के चाहियो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन तिनी ओत्निएलकहाँ जाँदा तिनले आफ्नो पिताबाट एउटा जमिन माग्न भनी उनलाई सुर्‍याए। अक्सा आफ्नो गधाबाट ओर्लेपछि कालेबले तिनलाई सोधे, “म तिम्रा निम्ति के गर्न सक्छु?”
Nepali ERV (पवित्र बाइबल)
जब अक्सा ओत्निएल कहाँ आई, ओत्निएलले अक्सालाई भने तिम्रा बाबु कालेबसित पानी भएको उब्जाउ भूमिको निम्ति बिन्ती गर। अक्सा आफ्ना पिताकहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिइन्, कालेबले सोधे, “तँ के चाहन्छेस्?”