Joshua 15:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विपत्तिको बेसीबाट दबीरसम्म पुगेपछि त्यो सिमाना उत्तरपट्टि गिलगालतर्फ घुम्दथ्यो अनि गिलगालको सामुन्नेमा बेसीको दक्षिण दिशामा भएको अदुम्मीमको घाटी पर्दथ्यो। त्यसपछि त्यो एन-शेमेश फोहोरा भएर एन-रोगेलमा पुग्थ्यो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो सिमाना आकोरको बेँसीबाट दबीरसम्म चढ़ेर गएको थियो, अनि यसरी उत्तरतिर, खोलाको दक्षिणपट्टि भएको अदुम्मीमका उकालोको सोझै गिलगालतिर लागेको थियो। अनि त्यो सिमाना एन-शेमेश नाउँका तलाउको छेउ-छेउ लागेर एन-रोगेलमा निस्केको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि आकोरको बेँसीबाट दबीरसम्म पुगेर दक्षिणतिर अदुम्मीमको घाटीतिर फर्केर उत्तरतिर गिलगालको सिमानासम्म पुगेको थियो। त्यो एन-शेमेशको पानीतिर बढेर एन-रोगेलबाट निस्केको थियो।
Nepali ERV (पवित्र बाइबल)
उत्तरी सीमाना आकोर वेशीदेखि दबीरको उकालोसम्म छ। तब सीमाना उत्तरतर्फ सोजो गिलगाल तिर गएको थियो। गिलगाल बाटोको अर्को पट्टि छ जुन अदुम्मीम पर्वत भएर गएको छ। त्यो सानो खोलाको दक्षिण पट्टि थियो। त्यो सीमाना एन्शेमेशको खोला पछिल्तिर गएको थियो। त्यो सीमाना एन्शेगेलमा अन्त भएको थियो।