Joshua 15:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र उकालो गएर यबूसीहरूको सहर यरूशलेम बसेको डाँडाको दक्षिण भागबाट भएर हिन्नोमको बेसीबीच भएर जान्थ्यो। त्यसपछि सिमाना हिन्नोम बेसीको पश्चिम भागपट्टिको डाँडै-डाँडा भएर जान्थ्यो, जुनचाहिँ रपाईहरूको बेसीको उत्तर कुनामा पर्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि त्यही सिमाना बेनहिन्नोमको बेँसी भएर यबूसी, अर्थात् यरूशलेमको दक्षिणपट्टि उकालो लागेको थियो। अनि त्यो सिमाना हिन्नोमका बेँसीको पश्चिमतिर भएका र रपाईहरूका बेँसीको पल्लोपट्टि उत्तरतिरका डाँड़ाको थाप्लोसम्मै पुगेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यो यबूसी सहर (अर्थात्, यरूशलेम) को भिरालो ठाउँको दक्षिणमा भएको बेन-हिन्नोमको बेँसीमा पुगेको थियो। त्यहाँबाट त्यो सिमाना रपाईको बेँसीको अन्त्य उत्तरपट्टि हिन्नोम बेँसीको पहाडसम्म पुगेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो सीमाना यबूसी शहरको दक्षिणी छेउबाट हिन्नोम बेंसी भएर गएको थियो। (त्यो यबूसी शहरलाई यरूशलेम भनिन्थ्यो।) त्यस स्थानमा त्यो सीमाना हिन्नोम बेंसीको पश्चिममा भएको पहाडको चुचुरो तिर गएको थियो। यो रपाईं बेंसीको उत्तरतर्फ अन्तमा थियो।