Joshua 16:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफका सन्तानले पाएका जमिनको सिमाना दक्षिणपट्टि यरीहोछेउ, त्यसका पानीका फोहोराहरू छेउनिर रहेको, यर्दनबाट सुरु भएर उजाड-स्थानसम्म जान्थ्यो। त्यो यरीहोबाट उकालो पहाडी देशमा बेथेलसम्म जान्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफका सन्तानको भाग यही हो: त्यसको सिमाना यरीहोको पूर्वतिरका पानी, अर्थात् यरीहोका नजिकको यर्दनदेखि लिएर उकालो बाटो जाने उजाड़-स्थान भएर बेथेलको पहाड़ी देशसम्म पुगेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफका सन्तानको निम्ति अधिकारको भाग यरीहोको पूर्वपट्टिको मूल यर्दनदेखि सुरु भएर त्यहाँबाट उकालो हुँदै मरुभूमिलाई छिचोल्दै बेथेलको पहाडी देशसम्म पुगेको थियो।
Nepali ERV (पवित्र बाइबल)
यो त्यो भूमि हो जो यूसुफका कुलले प्राप्त गरे। यो भूमि यरीहो नजिकै यर्दन नदीबाट शुरू भएर यरीहोको जल क्षेत्रसम्म लगातार फैलिएको थियो। यो यरीहोको ठीक पूर्वमा थियो। यसको सीमाना यरीहो देखि माथि तिर बेतेलको पहाडी देशसम्म लगातार फैलिएको थिए।