Joshua 16:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि यानोहबाट त्‍यो ओह्रालो अतारोत र नारातिर झरेर यरीहो पुग्‍थ्‍यो र यर्दनमा टुङ्गिन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्‍यो यानोहदेखि अतारोत र नारासम्‍म झरेर यरीहो पुगी यर्दनमा निस्‍केको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यानोहबाट तल झरेर अतारोत र नारामा पुगेर यरीहोलाई छुँदै, यर्दनबाट निस्केको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो सीमाना यानोह देखि तलतिर अतारोत अनि नारासम्म गएको थियो। त्यो सीमाना यरीहोलाई नछोए सम्म लगातार गएर यर्दन नदीमा समाप्त भएको थिए।