Joshua 17:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफको जेठो छोरो मनश्शेका केही सन्तानलाई यर्दनको पश्चिमपट्टिका देशको एक भाग दिइएको थियो। गिलादका बुबा माकीर मनश्शेको जेठो छोरो एक वीर योद्धा थिए। यसर्थ पूर्वी यर्दनका गिलाद र बाशान तिनलाई दिइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफका जेठा छोरा मनश्शेको कुलमा परेको भाग, अर्थात् मनश्शेका जेठा छोरा माकीरको भाग यही हो। गिलादीहरूका बुबा माकीरले गिलाद र बाशान पाए, किनभने तिनी लड़ाका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि योसेफको पहिलो सन्तान मनश्शेको कुललाई छुट्ट्याइएको भाग यही थियो। माकीरचाहिँ गिलादीहरूका पुर्खा थिए; जसले गिलाद र बाशान पाएका थिए। किनकि माकीरहरू महान् योद्धाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तब मनश्शेका कुल समूहलाई भूमि दिइयो। मनश्शे यूसुफका जेठा छोरा थिए। मनश्शेका जेठा छोरा माकीर थिए, जो गिलादका पिता थिए। माकीर एकजना महान सैनिक थिए, यसर्थ गिलाद अनि बाशानका क्षेत्रहरू माकीरका वंशलाई दिए।