Joshua 17:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दक्षिणतिर एफ्राइम र उत्तरतिर मनश्‍शे थिए र दुवैका पश्‍चिम सिमानामा भूमध्‍य सागर पर्थ्‍यो। आशेर उत्तर-पश्‍चिममा अनि इस्‍साखार उत्तर-पूर्वमा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दक्षिणतिर एफ्राइमको र उत्तरतिर मनश्‍शेको भाग थियो। मनश्‍शेको सिमानाचाहिँ समुद्रमा गएको थियो, र त्‍यो उत्तरतिर आशेर र पूर्वतिर इस्‍साखारसम्‍म पुगेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दक्षिणपट्टिको भाग एफ्राइमको थियो र उत्तरमा मनश्शेको थियो। मनश्शेको प्रान्त महासागरमा पुगेको थियो। अनि उत्तरतिर आशेरको र पूर्वपट्टि इस्साखारको सिमाना थियो।
Nepali ERV (पवित्र बाइबल)
दक्षिण तफर्को भूमि एप्रैमको थियो। अनि उत्तर तफर्को भूमि मनश्शेको थियो। भूमध्य समुद्र पश्चिमी सीमानामा थियो। त्यो सीमानाले उत्तरमा आशेरको भूमि अनि पूर्वमा इस्साकारको भूमिलाई छोएको थियो।