Joshua 17:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफका सन्‍तानले यहोशूलाई भने, “किन तपाईंले हामीलाई एकै भाग मात्र जमिन दिनुभयो? परमप्रभुले हामीलाई आशिष् दिनुभएको छ र हाम्रो सङ्‍ख्‍या औधि नै बढेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफका सन्‍तानले यहोशूलाई यसो भने, “परमप्रभुले हामीलाई अहिलेसम्‍म प्रशस्‍त आशिष्‌ दिनुभएको हुनाले हामी गन्‍तीमा बढ्‌ता नै छौं भन्‍ने जानेर पनि हाम्रो अधिकारको निम्‍ति किन एउटै भाग मात्र तपाईंले दिनुभयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफका मानिसहरूले यहोशूलाई भने, “किन तपाईंले हामीलाई उत्तराधिकारको एउटै बाँडफाँडमा एक भाग मात्र दिनुभयो? जबकि हामी संख्यामा धेरै छौँ। अनि याहवेहले हामीलाई प्रशस्त मात्रामा आशिष् दिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
यूसुफका कुल समूहले यहोशूसित बात गरे र भने, “तपाईंले हामीलाई भूमिको एक भाग मात्र दिनुभयो। जब हामी यति धेरै संख्यामा छौं, परमप्रभुले ज्यादा संख्यामा आशीर्वाद दिनु भएको छ, कि सम्पूर्ण भूमिबाट हामीलाई एक भाग मात्र दियौ?”