Joshua 17:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशूले जवाफ दिए, “यदि तिमीहरूको सङ्ख्या धेरै छ र एफ्राइमको पहाडी इलाका तिमीहरूलाई सानो हुन्छ भने जङ्गलतर्फ जाओ र परिज्जी र रपाईहरूका देशभित्र आफ्ना निम्ति जङ्गल फाँड।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहोशूले तिनीहरूलाई भने, “तिमीहरू गन्तीमा धेरै छौ, र एफ्राइमको पहाड़ी देश तिमीहरूलाई साँघुरो हुन्छ भने परिज्जी र रपाईहरूका देशको जङ्गलमा गएर तिमीहरूका निम्ति जङ्गल फाँड़।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशूले जवाफ दिए, “यदि तिमीहरू संख्यामा धेरै छौ, र एफ्राइमको पहाडी मुलुक तिमीहरूका लागि अति सानो भएको छ भने परिज्जी र रपाईहरूको देशमा गएर आफ्ना लागि जङ्गल फँडानी गर।”
Nepali ERV (पवित्र बाइबल)
यहोशूले तिनीहरूलाई उत्तर दिए, “यदि तिमीहरूसित अति धेरै मानिसहरू भए तब माथि पहाडी भूमिको जंङ्गलले भरिएको क्षेत्रमा जाऊ अनि त्यो भूमिको जंङ्गल फाँडेर त्यसलाई प्रयोग गर्न सक्छौ। त्यो भूमि अहिले परिज्जी अनि रपाई मानिसहरूको हो। तर यदि एप्रैमको पहाडी देश तिमीहरूका निम्ति अति सानो भए गएर त्यो भूमि लेऊ।”